मधेसमलेसिया बिशेषसमाचारसमाज

हेल्प मधेसी मलेसिया द्वारा मृत्यक परिवारलाई नगद रु ५१ हजार आर्थिक सहयोग ।

मलेसिया :=मधेस प्रदेश सप्तरी जिल्ला शम्भुनाथ नगर पालिका वडा न.३ ट्राफिक बजार घर भएको देबक शाह को छोरा ओम प्रकाश शाह वैदेशिक रोजगार को शिलशिलामा मलेसिया आएको थियो ।

२०२१ अगस्ट महिनामा हाम्रो यश हेल्प मधेसी मलेसिया संस्थामा के एल दलान मार्फत सदस्यता लिइ आबद्ध भएर कामकाज गर्दै सहयोग गरि सहकार्य गर्दै आइरहेको थियो तर १ बर्ष पहिले ब्यक्तिगत समस्याका कारण संस्थाबाट बाहिरएर निष्क्रिय भएको थियोे ६ अगस्ट २०२४ को दिन उहाको केही कारण बस मृत्यु भएको खबर पाए पश्चात् हेल्प मधेसी मलेसियाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो ले नेपाली दूतावास सङ्ग सहकार्य गरि उहाको पार्थिब शरीर लाई नेपाल पठायौ।

उहाँ केही बर्ष मात्रै संस्थामा आबद्ध भए पनि हेल्प मधेसी मलेसिया केन्द्रिय कार्यसमिति को निर्णय अनुसार यहि मिति २०८१ भदौ १४ गते शुक्रबारको दिन हेल्प मधेसी नेपाल सप्तरीको आयोजनमा श्रद्धाञ्जली कार्यक्रम गरि नगद रु ५१०००/- ( एकावन हजार ) हस्तान्तरण गरियो ।

हेल्प मधेसी नेपाल सप्तरीको अध्यक्ष रिना झा , सचीव मो.समीर शेख , हेल्प मधेसी मलेसिया जोहर दलानको भु.पु कोषाध्यक्ष आदित यादव समाजसेवी युवा ज्यानुल रमान, बिभास शाह, देबक शाह लगायत त्यहाँका स्थानीय हरुको उपस्थितिमा उक्त कार्यक्रम सप्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button