क्वालालम्पुर (मलेसिया):=नेपाली राजदूतवासको सहयोगमा ३ जना नेपाली स्वदेश फर्किएका छन स्वदेश फर्किनेमा तुलाराम केवात, अमृत मुखिया र सुवास परियार रहेका छन उनीहरु बाटीका एयरको उडान मार्फत २६ मे, आईतवारको दिन फर्किएका हुन ।
सुनसरीका अमृत ७ बर्ष अगाडी मलेसिया आएका थिए ६ बर्ष एउटै कम्पनीमा काम गरेको भएपनि नियमित तलव नपाएको, एक बर्षसम्म कम्पनीकै मान्छेले अर्को कम्पनीमा सारेको, कम्पनीले नै अवैधानिक बनाएको र डेढबर्ष देखि विरामी भएको तर कम्पनीले उपचार नगराएकोले दूतवासको शरणमा आउन बाध्य भएका थिए ।
त्यस्तै, दश महिना अगाडी मात्रै मलेसिया आएका थिए, रुपन्देहीका तुलराम डेढ महिना अगाडीबाट बिरामी परेका तुलरामलाई कम्पनीले उचित उपचार नगरेको र बिमार थप बढ्दै गएकोले नेपाल फर्किएर उपचार गर्ने मनसायले सहयोगका लागि दुतवासमा आएका थिए ।
त्यस्तै, नवलपरासीका सुवास ५ बर्ष अगाडी मलेसिया आएका थिए फर्निचर कम्पनीमा काम गर्न आएका सुवासले उक्त कम्पनीमा करिव ६ महिना काम गरेपछि भागेर अवैधानिक भएका थिए ।
पछिल्लो समय सुरक्षा गार्डको काम गर्दै आएका उनलाई खुट्टा सुनिने रोगले च्यापे पछि क्लिनिक गएर एक्स्रे गर्दा खुट्टा र मुटुको वरीपरी पानी जम्न सुरु भएको रिपोर्ट देखिएकोले थप उपचारका लागि नेपाल गएर गर्ने मनसायले दुतवासमा सहयोग माग्न आएका थिए ।
अवैधानिक नभईसकेका तुलरामको पासपोर्टका लागि दुतवासले कम्पनीसँग सम्पर्क गरि उपलब्ध गराईएका थिए अमृतको अबैधानिक बापतको शूल्क विकेश केसीले उपलब्ध गराएका थिए ।
उनीहरु दुवैजनाको हवाई टिकट नेपाल दूतावास का जनसम्पर्क अधिकृत जयप्रकाश गिरि को पहलमा दूतवासले उपलब्ध गराएको थियो भने सुवासको हकमा निशूल्क ट्रभल्स डकुमेन्ट उपलब्ध गराउनका साथै अध्यागमनसँग समन्वय दूतवासले गरेको भएपनि अबैधानिक भए बापतको शूल्क र हवाई टिकट आफैले ब्यहोरेका हुन उनीहरु तीनैजनालाई खाना, बस्नको लागि नेटफार एसडिएन.बिएचडी का प्रबन्धक नेत्र के. सि. ज्यु ले प्रबन्ध गर्नु भएको थियो ।
अमृत, तुलाराम र सुवास तीनैजनालाई पिएनसिसिका मलेसिया प्रतिनिधि पूर्ण सूब्बाले एयरपोर्ट पु¥याएर बिदाई गरेका हुन ।