नेपाल राजदूतवासको सहयोगमा दुई जना श्रमिक स्वदेश फर्किएका ।

224

मलेसिया :=नेपाल राजदूतवास मलेसियाको सहयोगमा दूईजना नेपाली श्रमिक स्वदेश फर्किएका छन् नेपाल फर्किनेमा ज्ञान बहादुर श्ररेष्ठ र दील बहादुर गुरुङ रहेका छन् उनीहरु हिमालयन एयरलाईन्सको उडानबाट मे १६ तारिखका दिन फर्किएका हुन ।

भाेजपुरका ज्ञान बहादुर श्रेष्ठ ५ बर्ष अगाडि मलेसिया आएका थिए सुरक्षा गार्डको कामका लागिआएका उनले नेपालबाट आएको कम्पनीमा पुगनपुग एक महिना मात्र काम गरे र कम्पनी छाडे कम्पनी छाडे पनि काम चै अन्य कम्पनिको मातहतमा सुरक्षा गार्डकै गरे करिव चार बर्ष काम गरेको कम्पनीले भिषा नभएको थाहा पाएपछि काम दिएन त्यसपछि भने उनको दुखकाे दिन शुरु भयो यहिबेला उनको च्यापुनिर गल्फुला जस्ताे आयो र त्यहि बिमारले चार महिना काम बिहिन बनायो ।

आफुसंग भएको पैसा उपचारमा सकियो घर फर्किनलाई आफन्त, साथीभाईहरुसंगको मदतमा नेपाल राजदूतवासमा सहयोगको याचना गर्न आईपुगेका थिए त्यस्तै, रुपन्देहीका दील बहादुर गुरुङ सन् २०१३ मा मलेसिया आएका थिए ।

नेपालबाट आएको कम्पनीमा ८ बर्ष काम गरे ९ बर्षको भिषा लगाउने क्रममा मेडिकल फेल भएपछि उनी कम्पनी छाडेर अबैधानिक भए त्यसरी कम्पनी छाडेका उनको अबैधानिक बसाेबास सहज भएन यहासम्म कि उनको अवस्था सडकपेटीको बाससम्म आईपुग्यो त्यसपछि उनी पिएनसिसिको सम्पर्क मार्फत नेपाल राजदूतवासमा सहयोगको याचना गर्दै आईपुगेका थिए ।

उनलाई एनआरएनएले सेल्टर हाउसमा आश्रय र पिएनसिसिले खानाको प्रबन्ध गरेको थियो
नेपाल राजदूतवासका प्रथम सचिव बलीराम धामीका अनुसार दूबैजनाको नेपाल फर्कने हवाई टिकट दूतवासको पहलमा एक्रस ट्राभल्सले निशूल्क उपलब्ध गराएको हो ।

भने,आवश्यक कागजपत्र एवं द्रुतगतिमा आउटपास निकाल्नको लागि सह-अधिकृत बिक्की अधिकारीको पहलमा अध्यागमनसंग समन्वयगरि सम्भव भएको हो ।
उनीहरु १६ तारिखनै नेपाल पुगिसकेको र पिएनसिसिको संर क्षणमा रहेको मलेसिया प्रतिनिधि पूर्ण लिम्बूले जानकारी गराए ।

Leave a comment