मलेसिया बिशेषसमाचारसमाज

किरात राई यायोक्खा क्षेत्रीय समिति जोहोर मलेसियाले उभौली साकेला २ जुन मा मनाउने।

मलेसिया । किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति जोहोरबारु मलेसियाले बैशाख पुर्णिामाको अवसरमा उभौली साकेला नाच तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
बैशाख पूर्णिमाको दिनदेखि सुरु हुने किरात सामुदायहरुको महान चाड प्रकृतिक पुजक उभौली साकेला कार्यक्रम आगामी जुन २ तारिख आइतबारको दिन एनआरएनए क्षेत्रीय समिति जोहोरको सभा हलमा बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म उत्साहको साथ मनाउने भएको छ ।
किरात राईहरुको मौलिक परम्परा किरात पहिचान भाषा भेेषभुषा संस्कार संस्कृतिको संरक्षण गर्न किरात राई यायोख्खा शाखा मलेसियाले संस्था स्थापनादेखि उधौली उभौली चाड मनाउँदै आएको छ। प्रत्येक बर्षमा आउने किरातहरुकु महान चाड उभौली उधौली किरात राई यायोक्खा शाखा मलेसियाले दुइटै चाडलाई उत्साह र हौसलाको साथ मनाउदै आएको छ। जस्मा मलेसियामा अगिलो बर्ष किरात राई यायोक्खा क्षेत्रीय समिति ईपो पेरागले उभौली साकेला कार्यक्रमको आयोजना गरेको थियो भने। ३१ डिसेम्बर २०२३ मा किरात राई यायोक्खा शाखा मलेसियाले केएलमा उधौली साकेला भब्य र सभ्यताको साथ मनाएको थियो ।
वैशाख शुक्ल पूर्णिमादेखि किरात सामुदायहरुले विभिन्न कार्यक्रमको आयोजना गरि एक महिना सम्म हौसलाको साथ उभौली चाड मनाईन्छ। यस् चाडको पहिलो दिन किरात सामुदायहरुले अन्नबाली राम्रो होस् सबैको बाली राम्रो होस् पृथ्वीमा कहीं कतै अन्नबाली खाद्यान्न अभाव नहोस् सदा सुखमय होस् पृथ्वीको सबै मानिस बासिन्दा हरुलाई सुख शान्ति र स्वास्थ होस् भन्ने कामना को साथ यो चाडलाई प्रकृतिको पुजा गरि साकेला नाचेर चाड मनाउने गरिन्छ ।
उक्त कार्यक्रममा किरात राई यायोक्खा क्षेत्रीय समिति जोहोर मलेसियाले सामाजिक संजाल मार्फत उभौली साकेला कार्यक्रममा उपस्थितिको लागि मलेसियामा रहेको सम्पूर्ण किरात समुदाय हरुलाई हार्दिक निमन्त्रणा सहित गरेको छ। भने विभिन्न संघसंस्था हरुलाई निमन्त्रणा कार्ड पनि पठाईसकेको कार्यक्रम आयोजक तथा किरात राई यायोक्खा क्षेत्रीय कार्यसमितिकी कोषाध्यक्ष सञ्जु चाम्लिङ राईले बताएकी छिन्। उनले कार्यक्रममा किरात राईहरुको किरात परिकार खानाको साथ साकेले सिली नाच र शुभकामना आदानप्रदान गरिने जनाएकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button