महिलालाई आत्मनिर्भर बनाउन ब्युटी पार्लर तालिम सुरु !

67

महिलालाई आत्मनिर्भर बनाउन ब्युटी पार्लर तालिम सुरु !

 

बाराको देवताल गाउँपालिकामा बुधबारदेखी ४५ दिने ब्युटी पालर्र तालिम सुरु भएको छ । देवताल गाउँपालिकाको वडा नम्बर ४ को सहयोगमा र स्काई फाउन्डेसन सिम्रौनगढ नगरपालिका वडा नं. २ बाराको आयोजनामा देवताल गाउँपालिका वडा नं. ४ को धर्मशालामा सिपमुलक ब्युटिसियन तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले गाउँपालिकामा महिला र पुरुष बिचको भिन्नता अन्त्य गर्न तालिम सुरु गरिएको बताए । महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरुले आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिप मुलक ब्युटी पालर्र तालिम संचालन गरिएको अध्यक्ष यादवले बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेको अध्यक्ष यादवले तालिमबाट सिप सिखेर महिलाहरु आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बताए । विशिष्ट अतिथि वडा अध्यक्ष ललन कुमार यादवले सिपले महिलाको पहिचान स्थापित गर्ने बताए ।

महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिखी आर्थिक विकास गर्नु पर्नेमा उनले जोड दिनुभयो । गाउँपालिका भित्र रहेका बेरोजगार नागरिकहरुलाई व्यवस्थापन गर्न पनि सिपमुलक तालिम संचालन गरिएको उनले बताए । स्काई फाउन्डेसनका अध्यक्ष अमलदेव प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा देवताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार श्रीवास्वत, वडा नं. ५ का वडा अध्यक्ष सुरेश प्रसाद साह लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । वडा भित्रका ३० जना महिलाहरुको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।

सो उद्घाटन समारोहमा समाजिक विकास तथा योजना प्रमुख राजीव यादव, जितेन्द्र प्रसाद यादव, लेखा प्रमुख गजेन्द्र प्रसाद यादव, सहायक लेखा प्रमुख ललन पटेल लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.