SIPRI द्वारा जारी २०१९–२३ मा विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ताहरूको सूचीमा भारत पहिलो स्थानमा

137

नयाँ दिल्ली, एजेन्सी । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्यूट (एसआईपीआरआइ) ले जारी गरेको प्रतिवेदनमा सन् २०१९–२०२३ सम्ममा विश्वको सबै भन्दा ठूलो हतियार आयातकर्ताहरुको सूचीमा भारत पहिलो स्थानमा रहेका छन् ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार भारत २०१९–२३ सम्ममा विश्वव्यापी आयातमा 9.8% हिस्साको साथ विश्वको शीर्ष हतियार आयातकर्ताको रूपमा उभिएका हुन् ।
भारत पछि साउदी अरब (8.4%), कतार (7.6%), युक्रेन (4.9%), र पाकिस्तान (4.3%) रहेको छ । विश्वका १० ठूला हतियार आयातकर्ताको सूचीमा जापान, इजिप्ट, अष्ट्रेलिया, दक्षिण कोरिया र चीन पनि पर्छन् ।

SIPRI

Leave a comment