भारत र ओमान बीच आर्थिक अपराध विरुद्धको सम्झौता

103

भारत र ओमान बीच आर्थिक अपराध विरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ।

ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्तीय अपराध विरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक सहयोगका लागि सम्झौतामा हस्ताक्षर गरेका छन्।

भारत भ्रमणमा रहेका सुल्तानले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ।

द्विपक्षीय वार्तापछि दुई नेताहरूबीच विभिन्न १० वटा क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ।
दुवै पक्षले ओमान–भारत संयुक्त लगानी कोषको ३०० मिलियन अमेरिकी डलरको तेस्रो किस्ताको घोषणा गरेका छन्।

सो कोष भारतीय अर्थतन्त्रको द्रुत बृद्धि हुने क्षेत्रहरूमा लगानीलाई अगाडि बढाउन प्रयोग गरिनेछ।

ओमानका सुल्तान तारिक शुक्रबार दिल्ली पुगेका हुन्।

Leave a comment