जोहानसवर्ग, एजेन्सी । दक्षिण अफ्रिकाको जोहानसवर्गमा जारी ब्रिक्स सम्मेलनमा ६ राष्ट्र थपिएका छन् ।
ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको भएपनि उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा ६ सदस्य थपिएका हुन् ।
दक्षिण अफ्रिकाको राष्ट्रपति सिरिल रामाफोसाले आज यहाँ नयाँ सदस्य थपिएको घोषणा गरे । नयाँ सदस्य अब जनवरी १ देखि संगठनमा आबद्ध हुनेछन् ।
“गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब अधिराज्य र संयुक्त अरब इमिरेट्सलाई ब्रिक्सको पूर्ण सदस्य बन्न आमन्त्रित गर्ने निर्णय गरेका छौँ,” राष्ट्रपति रामाफोसाले घोषणा गर्दै भने ।