इमरान खान पक्राउ परेपछि १९ जना पीटीआई समर्थक पनि पक्राउ परे
इशलामाबाद, एजेन्सी । ताशाखाना मुद्दामा पाकिस्तानको पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि उनका १९ जना समर्थकलाई पाकिस्तानी प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का १९ जना समर्थकलाई पाकिस्तान प्रहरीले पक्राउ गरेको हो ।
उल्लेखनीय छ, पाकिस्तानको एक अदालतले तोशाखाना मुद्दामा पीटीआई अध्यक्ष खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको छ । खानलाई प्रधानमन्त्रीको कार्यकालमा गैरकानूनी रूपमा राज्य उपहार बेचेको अभियोगमा दोषी ठहर गरिएको थियो ।