राजनीति

स्वास्थ्यकर्मी जनमत संघ पर्सा गठन

वीरगञ्ज, १८ असार
अन्तर्राष्ट्रिय चिकित्सक दिवस पारेर जनमत पार्टीले अफ्नो भातृसंगठन , स्वास्थ्यकर्मी जनमत संघ को घोषणा गरेको छ। प्रमुख अतिथि जनमत पार्टी का केन्द्रीय सदस्य डा. अजय यादव को उपस्थितिमा तत्काल यस ४१ सदस्यीय स्वास्थ्यकर्मी संघ को अध्यक्षता जिल्ला इन्चार्ज श्री माधव सिँह ले गरेका थिए । कार्यक्रम मा बोल्दै जनमत पार्टी ,पर्साका संयोजक ओमप्रकाश सर्राफले नारायणी अस्पतालमा भैरहेको अनियमितता र भ्रष्टाचार विरुद्ध स्वास्थ्यकर्मी संघले सशक्त कदम चाल्ने र जनतालाई राहत दिने कार्य गर्नेछ भन्ने मा विश्वस्त भएको बताए।

कार्यक्रम मा जनमत पार्टी पर्सा सल्लाहकार समितिका नेतागण प्रह्लाद गिरी, शशी कपूर मिया,सिपु तिवारी लगायत युवा नेता मुकेश द्विवेदी, कन्हैया झा, राजु गिरीले आआफ्नो मन्तव्य राख्दै संघलाई समर्थन को साथै सुभेच्छा दिएका छन्। प्रमुख अतिथि डा. अजय यादवले भने स्वास्थ्य सेवा जनता को मौलिक अधिकार भएको बताए, यसमा कुनै किसिमको को बेतिथि, जनतालाई मार्ने काम कुनै पनि स्वास्थ्य संस्था बाट र खासगरी सरकारी स्वास्थ्य संस्था बाट हुनुहुँदैन, भएको खण्ड मा स्वास्थ्यकर्मी जनमत संघले कडा भन्दा कडा कारवाही गर्न पनि पछि नहट्ने भनी भ्रष्टाचार मा जनमत पार्टीको शून्य सहनशीलताको बारेमा विचार राखे। डा. यादव ले जनकपुरमा भ्रष्टाचारीलाई गरेको कारवाही नबिर्सन पनि भन्दै जनताको विरोधमा जाने जो सुकैलाई पनि कारवाही को दायरा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button