समाचार

ओबिसी महासंघको बिरगंज महानगरको अध्यक्षमा युवा नेता अजय कुमार गुप्ता चयन

वीरगन्ज, १६ असार
नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघको बिरगंज महानगरको अध्यक्षमा युवा नेता अजय गुप्ता चयन भएका छन्। शनिवार आयोजित बिरगंज महानगर कमिटीको भेला तथा संगठन बिस्तार कार्यक्रममा बिरगंज महानगरको कमिटी बिस्तार संगै युवा नेता गुप्तालाई अध्यक्ष पदमा निर्विरोध चयन गरिएको महासंघका केन्द्रीय सदस्य संदिप महतोले जनकारी दिए।
उनका अनुसार बिरगंज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका प्रत्यासी समेत रहेका गुप्ताको राजनितिमा सक्रियता र संगठन प्रतिको निष्ठा लाई कदर गर्दै महासंघले अध्यक्षको जिम्मेवारी दिएको बताए । पर्सा जिल्लामा समाजिक अभियन्ताको रुपमा ख्याति प्राप्त गरेका गुप्ताले अध्यक्षको जिम्मेवारी पाए पछि महानगरमा मात्र होइन पर्सा जिल्ला समेत संगठन बलियो र पार्टीको पहिलो स्थानमा पिछडावर्ग महासंघलाई ल्याउने उनले प्रतिवद्धता समेत गरेका हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button