समाज

देवताल गाउँपालिकाको १० औं गाउँ सभा सम्पन्न

देवताल गाउँपालिकाको १० गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन । गाउँ सभाले आव २०८०/०८१ का लागि ३१ करोड ७ लाख ४३ हजारको बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिका अध्यक्ष यादवले ले गाउपालिकाको उन्नति र प्रगतिका लागि आफुहरु एक जुट रहेको बताए । यादवले आफुहरु बिच स-साना कमि कमजोरी रहेको छ त्यसलाई मिलेर पहिचान गर्दै समाधान गरेर नमुना गाउँपालिका बनाउने बताए । ईमान्दार भएर गाउँपालिकाको चौतर्फि बिकासका लागि अगाडी बढ्ने बताए । यादवले आउदो आ.व. देखि एक विधालय एक नर्श कार्यक्रमलाई बढाउने बताए ।

गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकालाई आवश्यक हरेक किसिमको गौरबको योजनालाई प्राथमिकतामा राखेको बताएका छन । यादवले बस्ती स्तरको योजनालाई आफुले पहिलो प्राथमिकता दिएको बताएका छन । यादवले शिक्षा, स्वास्थ्य, खानेपानीमा मुख्य रुपमा ध्यान पुर्याईएको बताए ।
जनतालाई घातक रोग लागेमा आर्थिक सहयोग स्वरुप बढीमा ५० हजार सम्म दिने बताए । प्याथोलोजी ल्याब सन्चालन गराईने, खानेपानीको लागि एक घर एक चापाकल योजना अन्तर्गत सबै घरमा चापाकल दिइनेछ बताए । खेलकुद क्षेत्रको लागि विभिन्न प्रतियोगिता सन्चालन गरिने यादवले बताए । गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम अन्तर्गत रोजगारी सृजना गरिनेछ । हरित गाउँपालिका बनाउन सबै तिर बृक्षारोपण गरिने यादवले बताए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष सितापती यादव,सातै वडाका वडा अध्यक्षहरु क्रमशः अरुण कुमार सिंह, मनरोदिन मिया ठकुराई, रामकिशोर प्रसाद कुश्वाहा, ललन प्रसाद यादव, सुरेश प्रसाद साह, सन्जय पटेल, सतेन्द्र यादव, कार्यपालिका सदस्यहरु कान्ति देबि, ललिता देबि, किशुनदेव ठाकुर, रामपुजन पण्डित, सरस्वती देबि, प्रभा देबि धोबी, गाउ सभा सदस्यहरु, सम्पुर्ण शाखा प्रमुखहरु, सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय नवीन कुमार श्रीवास्तवले सुभकामना मन्तव्य राखेको र कार्यक्रम सन्चालन प्रशासन शाखा प्रमुख राजिव यादवले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button