समाचार

पुरानो रेकर्डले चरित्र हत्या गर्ने दुई फेसबुक आईडी माथि उजुरी

शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाले बिहिबार कलैयाको नगर उपप्रमुख रौशन प्रविनले मात्र अनुगमनको नाममा भत्ता पचाउदै भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो। उक्त समाचारमा नगर उपप्रमुखको प्रमुख दायित्व भनेको न्यायिक समिति र दोस्रो दायित्व योजना अनुगमन रहेको उल्लेख गरीएको थियो। नगर उपप्रमुख प्रविनले पहिलो दायित्व न्यायिक समितिमा काम नगरी मात्र अनुगमन तिर ध्यान केन्द्रित गरेको समेत उल्लेख गरिएको थियो। उक्त समाचार प्रति नगर उपप्रमुख रौशन प्रविनको श्रीमान एबम् नगर खेलकुद समितिको अध्यक्ष एम समिउल्लाहले पत्रकार राजु चौरसियालाई कल बिभिन्न कुराहरु सुनाएका थिए। भने ९८४५९१३२३९ मोबाईल नम्बरबाट कल गरी रिजवान नाम राख्दै समाचार किन लेख्न लगाएको साथै तिमिमाथि प्रेस काउन्सिल र प्रहरी कार्यालयमा उजुरी परेको बताउदै अरु अनावश्यक कुरा गरेका छन्।

साथै यस पत्रिकाको प्रकाशक अनिल पाण्डेयको चरित्र हत्या गर्ने उद्देश्यले नगर उपप्रमुखको छोरा डाक्टर महम्मद साहिद रजाले आफ्नो फेसबुक ग्रुपमा करीब दुई बर्ष पुरानो कल रेकर्ड राखेका छन् । रेकर्ड राख्दै डाक्टर रजाले शुभ आरम्भ राष्ट्रिय दैनिकको पत्रकार अनिल पाण्डेयले कलैयाको उपप्रमुखसंग जबर्जस्ती क्यामरा अगाडि ठड्याई बिना तयारीको इन्टरभ्यु गरी, इन्टरभ्युलाई जानी जानी बिगारेर, इन्टरभ्यु बिग्रिएको छ, पैसा दिनुस्, खर्चा मिलाउनुस् भनी कलैया उपप्रमुख लाई Black Mail गरेको खबर बाहिरिएको छ । उपप्रमुखले पैसा दिन नमाने पछि शुभ आरम्भ पत्रिकामा उपप्रमुख बारे तथ्यहिन समाचार सम्प्रेषण गरिएको उल्लेख गरेका छन्।

नगर उपप्रमुख प्रविनको छोराले पुरानो रेकर्ड पोष्ट गरी यसरी पोष्ट गरेको देखेर कलैया नगर भन्ने फेसबुक आईडीले शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिका पत्रकारले समाचार बिपक्षमा नलेख्न कलैयाको उपमेयरसँग लाखौं पैसा धम्की पुर्वक मागेको खुलासा भनि पोष्ट गरेको छ। जबकि यस पत्रिकाको प्रकाशक पाण्डेयको नगरप्रमुख प्रविन र उनको श्रीमानसँग उनको एक बर्षको कार्यकालमा हालसम्म कुनै किसिमको कुरा नै भएको छैन। यहाँसम्म कि नगर उपप्रमुख र उनको श्रीमानले पाण्डेयलाई सायद चिनेको पनि नहोलान्। अनि पैसाको कुरा कहाँबाट आयो। अर्को कुरा करीब दुई बर्ष पुरानो रेकर्डको बिषयमा २०७८ साल माघ १३ गते नै जिल्ला अदालत बारामा मुद्दा दर्ता भई फैसाला भईसकेको अवस्था छ।

उक्त रेकर्डलाई अहिले सार्वजनिक गर्नु चरित्र हत्या भएको भन्दै पाण्डेयले दुबै फेसबुक आईडी सहित नगर उपप्रमुखको छोरा डाक्टर महम्मद साहिद रजा र नगर उपप्रमुखको श्रीमान एम समिउल्लाहमाथि जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन्। उजुरी दर्ता भएपछि डाक्टर रजा र एम समिउल्लाहलाई आईतबार जिल्ला प्रहरी कार्यालय बारामा उपस्थित हुन बोलाईएको छ। साभार: शुभ आरम्भ राष्ट्रिय दैनिक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button