भारत सरकारको सहयोगमा विपन्न परिवारलाई ग्यास सेट बितरण

74

सप्तरी । भारतिय दुताबासको सहयोग र नेपाल भारत महिला मैत्री समाजको आयोजनामा सप्तरी तिरहुत गापाका करिव दुई सय पचहत्तर दलित घर परिवारलाई एल पि जि ग्यांस सिलिन्डर सेट वितरण गरिएकाे छ ।
शनिबार आयोजित एक कार्यक्रमका बिच सो गाउँपालिकाका गरिव, दलित, आर्थिक अवस्था कमजोर भएका परिवारलाई बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका सांसद समेत रहुनु भएकी तथा नेपाल भारत महिला मैत्री समाजको अध्यक्ष चन्दा चौधरीले नेपाल र भारत पुरनो मित्र देश भएको हुनाले नेपालका आम जनताको दुख सुखमा सधैं साथ रहेको हुनाले सहयोगको लागि भारत सरकारलाई धन्यबाद ब्यक्त गरिन ।
उनले भने, `हाम्रो भारत संग बिशेष संबन्ध छ, नेपालका हरेक दुख सुखमा साथ उभिन्छ । भारतिय जनताको एक एक पैसा जोडेर हामीलाई उपहार स्वरुप अहिले ग्यास सिलिन्डर सेट पठाएका छन । यसका लागि हामी सबैले भारत सरकार र भारतिय दूतावासलाई धन्यवाद दिनु पर्छ ।´
अगाडि उनले भने, `मधेशका महिलाहरुको धेरै समस्या रहेको छ, महिलाहरुको लागि धेरै काम गर्न बांकी छ । म महिलाको क्षेत्रमा निरन्तर काम गर्दै आएको छु । महिलालाई शिक्षा, रोजगार, शिपमुलक तालिम, उधमशिल र आत्मनिर्भर बनाउनु जरुरी रहेको छ ।´

प्रमुख आतिथ्य, विशिष्ट अथिती भारतिय दूतावास बिरगंजका कन्सुलेट जेनरल श्री नितेश कुमारले भारत सरकार नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले भने, हामी नेपाल सरकारका विभिन्न निकाय संग मिलेर सहयोग प्रदान गर्दै आएको छ । म पहिलो पटक यो गांउपालिका आउने अबसर प्राप्त गरेको गरेको छु, अगामी दिनमा आफ्नो तर्फबाट यस क्षेत्रमा सक्दो सहकार्य गर्ने छु ।´

कार्यक्रममा तिरहुत गाउँपालिका अध्यक्ष बिजय यादवले सहयोगका लागि भारत सरकार र संयोजनका लागि नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका सांसद चन्दा चौधरीलाई धन्यवाद ब्यक्त गरे । अगामी दिनमा भारत सरकारले यस क्षेत्रको बिकासको लागि ठूलो अपेक्षा रहेको जिकिर गरे ।
सप्तरी जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले शान्ती सुरक्षाका लागि सदैव साथ रहेको बताउँदै कुनै समस्या परे २४ औं घन्टा सहयोग गर्न तयार रहेको बताए । उनले सांसद चौधरीलाई यस क्षेत्रका जनतालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका अध्यक्षता गरेका संस्थाका उपाध्यक्ष राधा देबि कायस्थले धन्यवाद ज्ञापन ब्यक्त गरे ।
कार्यक्रममा एक एक थान एलपिजी ग्यास सिलिन्डर, रेगुलेटर, पाइप, लाइटर बितरण गरेका थिए ।

Leave a comment