अन्तराष्ट्रिय

सी-चिनफिङद्वारा ‘युद्धका लागि तयार रहन’ सेनालाई आग्रह

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को मुखपत्र पिपुल्स डेली अखबारका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले पिपुल्स लिबरेशन अफ आर्मी (पीएलए)लाई युद्धको लागि तयार रहन आग्रह गरेका छन्।
‘तपाईँकोे सबै ऊर्जा लडाइँमा केन्द्रित गर्नुहोस्, लडाइँ र जित्नका लागि कडा परिश्रम गर्नुहोस्, आफ्नो क्षमतामा सुधार गर्नुहोस्,’ सीले भनेका छन् ।

हालै सीसीपीको महासचिवको रूपमा तेस्रो कार्यकाल पाएका सीले पीएलएको उच्च कमाण्ड केन्द्रीय सैन्य आयोगको कमाण्ड सेन्टरको भ्रमणका क्रममा यस्तो टिप्पणी गरेका हुन् । सीसँग पार्टीको प्रमुख, सेना र राष्ट्रपतिसहित तीन शक्तिशाली पद रहेका छन् ।

सीले कथित रूपमा सेनालाई राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको दृढताका साथ रक्षा गर्नू निर्देशन दिँदै चीन ‘अस्थिर र अनिश्चित’ सुरक्षा स्थितिमा रहेको दाबी गरेका छन् ।

यस्तै उनले विश्व एक शताब्दीमा नदेखेका थप गहिरा परिवर्तनहरूबाट गुज्रिरहेको र चीनको राष्ट्रिय सुरक्षा बढ्दो अस्थिरता र अनिश्चितताको सामना गरिरहेको र सैन्य कार्य कठिन स्थितिमा रहेको समेत भनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button