Modern technology gives us many things.

सत्मार्ग फाउन्डेसन बिरगंज कार्यसमिति अध्यक्षमा मेराज मियाँ

186

पर्सा
पर्सा जिल्लाको वीरगंजमा सत्मार्ग फाउन्डेसनका केन्द्रिय अध्यक्ष तबरेज आलमको प्रमुख आतिथ्यमा सत्मार्ग फाउन्डेनको पर्सा जिल्ला कार्य समिति गठन भएको छ ।
उक्त कार्यक्रमबाट अध्यक्षमा मेराज मिया, उपाध्यक्षमा ओसिम अख्तर अंसारी, कोषाध्यक्षमा ज्ञानचन साह, सचिवमा सुनिल यादव सदस्यमा राजेन्द्र प्रसाद पटेल, अतिउल्लाह, विनय पटेल, हरि गिरी, निशा कुमारी लगायत ११ सदस्यीय कार्य समिति गठन भएको छ ।
काठमाडौको तिनकुनेमा मुख्य कार्यालय रहेको सत्मार्ग फाउन्डेसन विशेषगरि मधेस प्रदेशमा शिक्षा र स्वास्थ क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो र अगामि दिनमा नेपाली जनताले नेपालको संविधान अनुसार पाउनु पर्ने आफ्नो मौलिक र अधिकार नेपालमा रहेका रहेक वर्गका नेपालीको जनताको साथ यो संस्था सहयोग गर्नेछ । देशमा भएको भ्रष्टचार विरुद्ध जोडदार आवाज उठाउने, सरकारी कामकाजमा बिचौलियाहरु हावी भएकोले उक्त बिचौलियाहरुलाइ तह लगाउने जस्ता कार्यहरु गर्ने भनि केन्द्रिय अध्यक्ष तबरेज आलमले भनेकाे थिए ।

Leave a comment