चीनले गरेको बलपूर्वक फेरबदलको विरुद्धमा ‘क्वाड’

74

हिरोसिमा । जी–७ शिखर सम्मेलनमा सहभागी हुन जापानको हिरोसिमा पुगेका ‘क्वाड’ मा संलग्न देशका नेताहरूले हिन्द–प्रशान्त क्षेत्रमा स्थिरताका लागि प्रतिबद्ध रहेको बताएका छन् । अमेरिका, अस्ट्रेलिया, जापान र भारत समावेश ‘क्वाड’ को बैठकपछि जारी विज्ञप्तिमा चीनको नाम नै नलिई त्यस क्षेत्रमा बलपूर्वक फेरबदलको विरुद्धमा रहेको जनाइएको हो ।

क्वाडका नेताहरूले हिन्द–प्रशान्तको विवादित क्षेत्रमा बढ्दो सैन्यीकरणमा चिन्ता व्यक्त गरे । अस्ट्रेलियामा यसैसाता हुने भनिएको क्वाड बैठक अमेरिकामा ऋण संकट देखिएपछि स्थगित भएको थियो । बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री फुमियो किसिदा र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सहभागी थिए । एजेन्सी

Leave a comment