चिनियाँ शाषकहरुको क्रुर नीतिको शिकार बन्दैछन् चीनमा बस्ने मुस्लिम धर्मावलम्बीहरु ।
चीनमा मुस्लिम समुदाय माथि दमन, शोषण, यातना हद यति सम्म पार गरेको छ की मुस्लिमहरुको पवित्र रमजान रोजाको समयमा पनि उनीहरु इफ्तारि समेतमा हस्तक्षेप भईरहेको कार्य अत्यन्तै निन्दनिय रहेको जसलाई तत्काल रोक्नुपर्ने मुस्लिम अगुवाहरुले माग गरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) शासित प्रदेशमा मुस्लिम धर्मावलम्बी स्वतन्त्ररुपले आफ्ना चांडपर्व मनाउने गरेको छ, नेपालमा पनि सबै मुस्लिम धर्मावलम्बीले सदभावका साथ रोजा इफ्तारी गर्न सकेका छन तर १५ करोड भन्दा बढि उइगुर मुस्लिम बसोबस गर्ने चीनमा तिनको धार्मिक स्वतन्त्रता माथि ठाडो हस्तक्षेप हुँदै आएको जनता समाजवादी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अब्दुम रहमान खान (अकरम पठान) गम्भीर आपत्ति जनाएको छ ।
प्रवक्ता खानले नेपालका मुस्लिम संगठनहरुले यस्ता अमानविय क्रियाकलापको विरोध गर्नुपर्ने बताए ।
उनले लगभग १५ लाख मात्र मुस्लिम रहेका नेपालमा धार्मिक स्वतन्त्रता दिएको छ तर करोडौं मुस्लिमलाई दास झैं व्यवहार गरिरहेको चीन माथि मुस्लिम राष्ट्रहरुले समेत एक शब्द बोल्न नसकेको अवस्थाले चीनमा इस्लाम धर्मावलम्बीहरु चरम यातना, दमन, शोषण, प्रताडनाको शिकार बन्दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा दिनहु प्रकाशित हुँदै आएको उनले बताए ।
प्रवक्ता पठानले चीनमा उईगर मुस्लिम समुदाय लाई दुःख ,यातना दिने गरेको अंतराष्ट्रीय संघ संस्थाहरुले पनि पुष्टि गरिसकेकाले चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर्न, उइगुर मुस्लिमलाई स्वतन्त्रता दिन, उइगुर मस्लिमको मानवअधिकार बहाली गर्न नेपाल सरकारले चीनलाई दबाव दिनुपर्नेमा जोड दिनुभयो ।