अन्तराष्ट्रिय

करोडौँ ठगीको आरोपमा नाै चिनियाँसहित १८ पक्राउ

काठमाडौं ।
अनलाइनमार्फत करोडौँ ठगी गरेकाे आरोपमा नौ चिनियाँ नागरिकसहित १८ जना पक्राउ परेका छन्।

उनीहरूविरुद्ध अनलाइनमार्फत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ह्वास एप, टेलिग्राम र अपरेसन टिचर नामक च्यानलकाे प्रयाेग गरेर करोडौँ ठगी गरेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा नौ नेपाली र नौ चिनियाँ नागरिक छन्। यस घटनाबारे थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन कार्यालयले जिल्ला प्रहरी परिसर, टेकुलाई निर्देशन दिएकाे छ। विगत केही बर्षदेखि अनलाइनमार्फत रकम ठगीमा चिनियाँ नागरिक बढी सक्रिय भएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button