चिनियाँ कम्पनीको ठेक्कामा तयार गरी संचालनमा ल्याइयो चाजिंङ्ग स्टेशन

84

फागुन ४
पुर्व पश्चिम राजमार्गको सर्लाही स्थित हरिवनमा चिनियाँ ठेकेदारद्धारा निर्माण विद्युतीय सवारी साधनको चार्जिङ्ग स्टेशन संचालनमा ल्याइएको छ ।
सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्वर ११ खसी बजार छेउमा निर्माण गरिएको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।
संघिय सरकारको उर्जा मन्त्रालय मार्फत नेपाल विद्युत प्राधिकरणले १४२ किलोवाट क्षमताको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएपछि यस क्षेत्रमा विद्युतीय सवारीसधानको चाजिंङ्ग गर्ने स्टेशन सञ्चालन मा आएपछि सवारीधनी लाभान्वित हुने भएका छन् ।
चिनियाँ ठेकेदार कम्पनीको नेपाल स्थित प्रतिनिधि कम्पनी ‘दिगो’ का कार्यक्रम व्यवस्थापक शिव अधिकारीका अनुसार चार्जिङ स्टेशनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएका छन् । ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्ने अधिकारीले बताए ।
दुईवटा चार्जिङ स्टेशनबाट एक पटकमा ६ वटा सवारी चार्ज गर्न मिल्छ । चार्जिङ स्टेशनमा २०० केभीएको दुईवटा ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जिवकुमार साहले बताए ।
चार्जिङ स्टेशनमा सवारी साधनको चार्ज गरिसके पछि ग्राहकले मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्ने व्यवस्थापन गरिएका छन् । चार्जिङ स्टेशनमा पेट्रोल पम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन । मानवरहीत चार्जिङ स्टेशनमा सेवाग्राहीले सोझै अनलाइनबाट भुक्तानी गर्ने र कुनै प्राविधिक समस्या आए आफूहरुले काठमाडौँबाटै अनलाइन मार्फत नै मर्मतको काम गर्ने चिनियाँ ठेकेदार कम्पनीको नेपाल स्थित प्रतिनिधि कम्पनी ‘दिगो’ का कार्यक्रम व्यवस्थापक अधिकारीले बताए ।
उनका अनुसार ग्राहकले अनलाइन मार्फत बुझाएको पैसा सोझै नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा हुन्छ । चार्जिङ स्टेसनले समयअनुसार चार्जिङ शुल्क समेत निर्धारण गरेको छ ।
साँझ ५ बजेदेखि राति ११ बजेसम्म पिक आवरमा प्रतियुनिट १० रुपियाँ ४४ पैसा, राति ११ बजेपछि बिहान ५ बजेसम्म ६ रुपियाँ ६० पैसा र बाँकी समयमा चार्ज गर्दा प्रतियुनिट ८ रुपियाँ २८ पैसा शुल्क निर्धारण गरिएको बताइएको छ ।

Leave a comment