मधेस

सभ्य र भव्य तरिकाले अंग्रेज़ी नयाँ बर्ष २०२३ मनाउन दुबेले आम नेपाली नागरिकलाइ गरे आग्रह

पर्सा, १७ पौष

अंग्रेज़ी नया बर्ष २०२३ भव्य र सभ्य तरिकाले मनाउन दुबेले आम नेपाली नागरिकलाइ आग्रह गर्नु भएको छ । बाराको फेटा गाउपालिका वडा नम्बर ७ निवासी तथा जनगुनासो डेली डट कमका कार्यकारी सम्पादक उमेश दुबेले नेपालि नागरिकलाइ अंग्रेज़ी नया बर्ष २०२३ भव्य र सभ्य तरिकाले मनाउन आग्रह गर्नु भएको हो ।

जाड रक्सीको कुलतमा नफसेर मासु अथवा बिभिन्न परिकारको भोजन गरी अंग्रेज़ी नया बर्ष मनाउन फेटा गाउपालिकावासि लगायत नेपाली नागरिकलाइ दुबेले आग्रह गरेका थिए । आइतबार बिहान फेटा गाउपालिका वडा नम्बर १ स्थित संचालनमा रहेको बगैचा कटेजमा आयोजित युवा समाज भेलामा कार्यकारी सम्पादक उमेश दुबेले जाड रक्सीको प्रयोग गरि सवारी साधन चलाएकै कारण दुर्घटना हुने गरेकोले जाड रक्सी सेवन गरि सवारी साधन नचलाउन आग्रह गरेका थिए ।

युवा समाज भेलामा फेटा गाउपालिका भित्र जाड रक्सीको कुलतमा फसेकाहरूलाइ सुधार गर्नेतर्फ पालिकाले हालसम्म कुनै कदम नचालेको दुबेले आरोप लगाउनु भयो । उहाले स्थानीय पालिकाबाट जाड रक्सीको कुलतमा फसेकाहरूलाइ सुधार केन्द्रको ब्यवस्थापन गराउनमा पहल गरिने समेत बताउनु भयो । स्थानीय फेटा गाउपालिकाले समेत उक्त पहलमा ध्यान पुरयाइ कुलतमा फसेकाहरूको लागि सुधार केन्द्रको ब्यवस्थापन गरिने बिश्वास लिएको समेत बताउनु भयो ।

कार्यकारी सम्पादक उमेश दुबेले यस बिषयमा फेटा गाउपालिकाका अध्यक्ष रूस्तम अन्सारी सङ्ग सहकार्य गरी छिट्टै सुधार केन्द्रको ब्यवस्थापन गरिने बताउनु भयो । युवा समाज भेलामा फेटा गाउपालिका वडा नम्बर १ निवासी बिक्कि महतो, राजेश कुश्वाहा, अनिल सिन्हा, कृष्ण कुश्वाहा, मानिकचन्द साह वडा नम्बर ४ निवासी हेमचन्द्र यादव, सिपाहि प्रसाद यादव लगायत दर्जनौ अभिभावकहरूको उपस्थित रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button