एजेन्सी – चीन संगको मंगोलियाले गरेका कोइला व्यापारमा चरम रुपमा भ्रष्टाचार गरेको भन्दै मंगोलियाको राजधानीमा प्रदर्शन भएको छ ।
मंगोलियाको राजधानी उलानबाटारमा प्रदर्शनकारीहरूले चीन सँगको देशको कोइला व्यापारमा कथित भ्रष्टाचारको विरोधमा सोमबार राज्य दरबारमा आक्रमण गर्ने प्रयास गरेको हो ।
उनीहरूले चीनसँगको मंगोलियाको सीमामा रहेको भण्डारबाट ३,८५,००० टन कोइला चोरी भएको कथित घोटालामा संलग्न अधिकारीहरूलाई बर्खास्त गर्न माग गरिरहेका थिए।