Modern technology gives us many things.

नक्कली मतपत्र ल्याउने व्यक्ति जसपाका मुस्लिम उम्मेदवार सङ कनेकसन जोडिएको हुन सक्ने आशंका

109

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न विभिन्न जुक्तिमा लागेका छ्न । भारत तर्फ नक्कली मतपत्र छ्पाई बुथ कब्जा गराई मधेसमा जसरी पनि चुनाव जित्ने जुक्ति गरिरहेको खुलासा हुन थालेको हो  । नक्कली मतपत्र ल्याउने ब्याक्तीको जसपाका मुस्लिम उम्मेदवार सङ कनेकसन जोडिएको हुन सक्ने अनुमान गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी १५ हजार थान नमुना मतपत्रहरुसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण जिल्ला नरकटियागन्ज ग्राम पन्चायत वडा नं १४ घर भएका ४० वर्षीय इजाजत अहमद रहेका छ्न ।

सशस्त्र प्रहरीको भिखमपुर बीओपीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापा मागरको कमाण्डको टोलीले नियमित जाँच गर्ने क्रममा जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडक खण्डबाट मंगलबार दिउँसो ३ बजेतिर अहमदलाई पक्राउ गरेको हो । भारतबाट बिआर २२ डब्लु ८००२ भारतीय नम्बरको मोटरसाइकल चढी नेपालतर्फ आउँदै गरेका अहमदले मोटरसाइकलमा पछाडिको सिटको भागमा हरियो रंगको बोरा शंकास्पद कागजपत्रहरु बोकी ल्याउँदै गरेका थिए ।

मतपत्र किन र कसको लागि ल्याईएको यश बारेमा कडा अनुसन्धान शुरु भएको छ । मधेस प्रदेश कुनै बेला जातीयताको दङा गराई पहाडीया भागाव अभियान शुरु गरेको उपेन्द्र यादवले यश पटक कुनै चुनावी एजेन्डा न हुँदा नक्कली मतपत्र मगाउनेमा भारतको बिहारका मुस्लिम समुदायलाई प्रयोग गरि रहेको श्रोतले बताएको छ ।

उक्त मोटरसाइकल रोकी इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले जाँच गर्दा बोरामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसन्बन्धी १५ हजार थान नमुना मतपत्रहरु फेला परेका थिए । मतपत्र र मोटरसाइकल बरामद गरी अहमदलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको छ । अहमदले ती उम्मेदवारको नाम भने नखुलाएको र यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । जसपा र एमालेका सयुक्त उम्मेदवार जलिम मुखियाको छेत्रमा यो नक्कली मतपत्र परेको हो । अहिले सत्ता गठबन्धन जित्ने भए पछि यस्तो जुक्ती लगाउन लागेको होला एक जना नेताले बताएका हुन ।

उपेन्द्र यादवको पार्टीले जस्तो पनि उपायहरु आपनाउन अग्रसर रहेको हो । आफ्नो उम्मेदवारलाई जिताउन का लागि पैसा पनि व्यापक रूपमा मतदातालाई दिएको हो कि चर्चा छ । प्रहरी प्रसासन उअस जातीय दङा गराए कडा कार्यवाही गर्ने बताउँदै आएको छ । यश पटक यादव विभिन्न जुक्ती गरे पनि जित सुनिस्चित गर्न नसकेको श्रोतले बताएको हो ।

 

Leave a comment