राजनीति

जनता आवास कार्यक्रममा भ्रष्टाचार गरेको कुर्मीलाई मतदाताहरुले मन पराउन छाडे

वीरगंज, २७ कार्तिक

जनता आवास कार्यक्रममा करोडौं करोड भ्रष्टाचार गरेका पर्सा क्षेत्र नं. २ “ख” का प्रदेशसभा सदस्य रमेश कुर्मी पुनः उम्मेदवारी दिएर चुनावी अभियानमा लागे पनि मतदाताले उनलाई रुचाएका छैनन् । २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. २ “ख” बाट चुनाव जिते पछि कुर्मी जनता आवास कार्यक्रमको संयोजक भएका थिए । संयोजक हुंदा पर्सामा करिब २०० घर गरिब परिवारकाहरुको लागि निर्माण गरिने भएको थियो ।

सो घर निर्माणको लागि छुट्याएको बजेटमा संयोजकको संलग्नतामा कार्यालय प्रमुखले भ्रष्टाचार गरेको यसअघि पनि बारम्बार समाचार आएकै हो । आर्थिक वर्ष २०७३÷०७४ बाट नेपाल सरकारले शुरु गरेको यस कार्यक्रम अन्तर्गत निर्माण भएको घरहरुमा कमशल सामाग्री प्रयोग, कामै नलाग्ने ईट्टाको प्रयोग, बालुवाको मात्रा बढि हाल्ने गरेको तथा छडको प्रयोग नगरी करोडौ करोड भ्रष्टाचार गरेको समाचार स्रोतको दाबी रहेको छ ।

ईटा उद्योगमा कामै नलाग्ने गरि छानिएका इँटाहरु ल्याएर ति घरमा प्रयोग गर्ने गरिएको थियो भने एउटा छड लगाएर निर्माण कार्य भएको थियो, त्यसमा पनि सिमेन्ट र बालुवाको मात्रा कम हालिएको कारण पर्खालहरु गुणस्तरहीन काम भएको थियो । उक्त घरहरुमा कमिशनको चलखेल भएकै कारण कतिपय घरहरु अहिले पनि चर्केको छ । यसरी गरिब निमुखा जनताको घर निर्माणमा करोडौं करोड भ्रष्टाचार गरेका कुर्मीलाई यसपालि आफ्नो क्षेत्रबाट कुनै पनि हालतमा भोट नदिने मनसाय बनाएको छपकैयाकी निर्जला पासवानले बताईन ।

कुर्मी संयोजक रहेको बेला आफुहरुको घर बन्दा सो घरमा व्यापक भ्रष्टाचार भईरहेको बारम्बार गुनासो गर्दा पनि कुर्मीले मुखमा ताल्चा लगाई बसेको कारण उनको पनि संलग्तनामा भ्रष्टाचार भएको पासवानले गुनासो गरिन । यसभन्दा पहिला यो क्षेत्रको विकास हुन्छ भनि अत्याधिक मत दिएर जिताए पनि कुर्मीले आफुहरुलाई नै ठगेको कारण यसपालि भोट माग्न आउदा उनको मुखमै आफुहरुले भोट नदिने भनेको छपकैयाका अर्का पिडित रामसेवक रामले बताए ।

केही महिला पहिला बनेको घर अहिलेनै चर्केको कारण आफुहरु झनै पिडित बनेको गुनासो बढेको छ । कुर्मीले आफु थुप्रै विकास गरेको हवला दिईरहे पनि उनी जितेर गएपछि एक पल्ट पनि मुख देखाउन नआएको गुनासो गर्दै श्रीसियाका दिनेश सहनीले कुर्मीलाई अब अर्को पल्ट भ्रष्टाचार गर्न मौका नदिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button