Modern technology gives us many things.

राप्रपाले दोहोरो नागरिकलाई उम्मेदवार बनाएको आरोप लगाउँदै नगर अध्यक्षले गरे कांग्रेसमा प्रवेश

134

वीरगञ्ज, २५ कार्तिक

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगर कमिटिका अध्यक्ष जलेश्वर सर्राफले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार वीरगञ्जमा आयोजित एक कार्यक्रमका विच सर्राफले कांग्रेस प्रवेश गरेका हुन् । सर्राफलाई नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री विमिलेन्द्र निधि र केन्द्रीय सदस्य अजय कुमार चौरसियाले एक अनौपचारिक कार्यक्रमका बीच फुलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् । लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा समेत सहभागी भएका सर्राफले पार्टीसँग असन्तुष्टिक पोख्दै कांग्रेस प्रवेश गरेका हुन् ।

पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्ग्देन पनि पूर्व अध्यक्ष कमल थापाकै लाईनमा हिड्न हिडन थालेको आरोप लगाउँदै सर्राफले लिङ्ग्देनलाई सच्चिन आग्रह पनि गरे । पार्टीले दोहोरो नागरिकलाई टिकट दिएर राष्ट्र हितसँग समेत सम्झौता गरेको कारण पार्टी परिवर्तन गर्न बाध्य भएको बताए ।पार्टी प्रवेश गर्दै सर्राफले नेपाली कांग्रेस पार्टीले मात्र देश र जनताको हित गर्न सक्ने बताए ।

Leave a comment