सिमा मिचेको देखि कम्युनिस्ट मिलाउने सम्मको बिवाद बोकेर बिदा भईन यान्छी

72

काठमाडौं –  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपालबाट बिदा भएकी छन् । कम्युनिस्ट एकतापछि नेपालमा नांगो हस्तक्षेपमा उत्रेकी यान्छी समयक्रममा चरम असफलतासँगै उतारचढावपूर्ण चार वर्ष कटाएर गएकी छन् । उनको कार्यकालमा चीनले मिचेको नेपाली भूमिमा चिनियाँ दाबीदेखि देशको प्रधानमन्त्रीलाई कुर्सी छोड्ने निर्देशनसम्मको गतिविधि दूतावासबाट भएका छन् ।

माओको तस्बिरमा मास्क छापेको भन्दै नेपाली सम्पादकलाई धम्क्याउने काम पनि यान्छीकै पालामा भयो । तर उनको चरम हस्तक्षेपको सीमा धेरै टिकेन । कम्युनिस्टहरु फेरि फुटेर लोकतान्त्रिक सरकार आएसँगै उनको चुरीफुरी अन्त्य भयो । प्रधानमन्त्रीभन्दा माथि आफूलाई सम्झेर निर्देशन दिने उनको उर्लिएको हैसियत स्वात्तै घटेर राजदूतकै हैसियतमा आइपुग्यो । कम्युनिस्टहरुले चीनलाई बोकेकोमा शेरबहादुर देउवा सरकारले दुबै छिमेकीलाई समान हैसियतमा अगाडि बढाएपछि यान्छीको सबै प्रयास असफल भयो ।

चौतर्फी असफलताका बीच यान्छी बीचमै नेपाल छाडेर बेइजिङ बस्न थालिन् । केही महिना बेइजिङ बसेकी उनी नेपाल फर्केर औपचारिक रुपमा बिदा भएकी हुन् । यान्छीले विकास अनुदान परियोजना एमसीसी रोक्न नेपालका चर्को राष्ट्रवादी नेता परिचालन गरेकी थिइन् । एमसीसीबारे भ्रम फैलाएर रोक्न खोजे पनि त्यो नसकेपछि यान्छीले तनावले नेपालै छाडेर बेइजिङ गएर बस्नुपरेको थियो ।

नेपालमा आफ्नोमात्रै हैकम चलाउने, विकासे अनुदान आउन नदिने, बीआरआईमार्फत ऋण थोपरेर श्रीलंकाजस्तै हालतमा नेपाललाई पुर्याउने चिनियाँ प्रयास पनि यान्छीको पालामा भए । तर यी सबै प्रयासमा असफलताको भारी बोकेर यान्छी नेपालबाट बिदा भएकी छन् । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि राजदूत भएर आएकी थिइन् ।

Leave a comment