राजनीति

बारा जिल्लाको क्षेत्र नं. १ मा अनिल कुमार गुप्ताले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

बारा, २३ असोज

प्रतिनिधि सभाको निर्वाचन बारामा नेपाली काँग्रेसको तर्फबाट  खानेपानी मन्त्री उमाकान्त चौधरी तथा एमालेको तर्फबाट अच्युत मैनाली विरूद्ध स्वतन्त्र उम्मेदवार अनिल कुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

मनोनयन दर्ता पश्चात् उनले बाराका क्षेत्र नं. १ को जनताले आफूलाई नातावाद नहेरेर देश र विकासका लागि जिताउने विश्वास व्यक्त गरे।

समाजिक अभियान्ता, डाइनामिक पत्रकार तथा असल व्यापारी गुप्ताले उम्मेदवारी दर्ता पछि उनले यसपटक स्वतन्त्रले जित निकाल्ने र आफू विजयी हुने विश्वास व्यक्त गरे।

आफू बिजयी भएर जनतको पूर्ण हक अधिकार, बिकाशको पुरवाधार तयार पारी क्षेत्र नं. १ मा उद्योगको सृजना गरी जनता जनार्दन लाई समृद्ध बनाउने छु  भनि विश्वास व्यक्त गरे ।

यो क्षेत्रबाट गठबन्धनको तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरी र एमालेको तर्फबाट अच्युत मैनालीले पनि उम्मेदवारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button