राजनीति

एमालेमा भाँडभैलो, शीर्ष नेताहरुले नै भटाभट पार्टी छोड्दै

अध्यक्ष केपी शर्मा ओलीले फरक विचार राख्ने नेताहरुप्रति सत्रुवत ब्यवहार गरेको भन्दै नेकपा एमालेमा तिव्र असन्तुष्टि सुरु भएको छ। ओलीको ब्यवहारका कारण शिर्ष नेताहरु नै असन्तुष्ट छन्।

विशेष गरी प्रतिनिधि सभा निर्वाचनको टिकट वितरणमा ओलीले पक्षपात गरेको भन्दै नेताहरु रुष्ट छन्। ओलीको खुलेर आलोचना गर्ने पूर्वउपाध्यक्ष भीम रावल र पूर्वउपमहासचिव घनश्याम भुसालको टिकट यस पटक काटिएको छ।

आफनो निर्वाचन क्षेत्रमा ओलीले अर्कालाई टिकट दिएपछि भुसालले पार्टी छोडेको घोषणा गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएर एमाले उम्मेदवारदाई हराउने योजनामा उनी अघि वढेका छन्। सत्ता गठबन्धन दलका नेताहरुले उनलाई माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न आग्रह गरिसकेका छन्।

यता, रावललाई टिकट नदिएको असर एमाले अछाम जिल्ला कमिटिसम्म पुगेको छ। अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेका छन् । अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् । ओलीले रावलको क्षेत्रमा झपट बोहोरालाई टिकट दिएका छन् । बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।

यसैगरी, मधेशमा पनि धेरै एमाले नेताहरुले पार्टी छोडेर स्वतन्त्र उमम्मेदवारी दिने तयारी गरिरहेको चर्चा चुलिएको छ। एमाललेले जसपा र राप्रपासँग गरेको तालमेलका कारण असन्तुष्ट समुहले पार्टी छोड्ने मनस्थिति बनाएको चर्चा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button