राजनीति

सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बिचको वार्ता सकारात्मक दिशातर्फ

काठमाण्डौं । संघीय निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बिचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ ।

जनता समाजवादी पार्टीले सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै सत्तारुढ गठबन्धन छाडे लगत्तै चुनावी गठबन्धनका लागि छलफल गर्न लोसपा नेपालका नेताहरू अपरान्ह बिहीबार प्रधानमन्त्री निवास पुगेका थिए।

लोसपाका नेताहरू लोसपाका नेताहरू शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए।

छलफलमा उनीहरूले संघमा १५ सिट र प्रदेशमा मुख्यमन्त्री मागेको बताइएको छ। लोसपाका नेता जितेन्द्र सोनाका अनुसार आजै साँझ फेरि लोसपासँग गठबन्धनको छलफल हुनेछ।

जनता समाजवादी पार्टीले एकाएक एमालेसँग चुनावी तालमेल अघि बढाएको संकेतपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सत्ता साझेदार दलको गठबन्धनभित्र छिरेको छ।

शुक्रबार बिहानमात्रै लोसपाका नेताहरू सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए। उनीहरू अहिले बालुवाटारबाट निस्केका छन्।

बैठकमा सहभागी लोसपाका नेता जितेन्द्र सोनलका अनुसार चुनावी गठबन्धनका लागि सत्ता साझेदार दलहरू सकारात्मक देखिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button