बारा, २३ बारा
समाजिक परिवर्तन केन्द्र, काठमाडौको सहजीकरणमा संचालित सदभाव परियोजना अन्र्तगत कलैया नगरपालिकामा रहेको अमर उ मा.वि. दोहोरीका ५० जना विद्यार्थीहरुलाई कलाको माध्यले संवाद सहजीकरण बारे कार्यशाला सम्पन्न भएको छ । समाजमा विद्यमान रहेका विभिन्न समाजिक सवालहरुमा रहेका मतभेद तथा द्धन्दलाई कसरी समाधान गर्न सकिन्छ तथा समाजमा समाजिक सदभाव , विश्वास तथा शान्तिको अवस्थालाई कसरी उच्च स्तरमा वृद्धि गरी समाजमा एकता ल्याउने बारे कलाका विभिन्न विधिहरु प्रयोग गरिएको थियो । समाजमा विद्यमान रहेका लैङ्गिकताको सवाल, विकासका सवाल, स्रोतको वाँडफाँड तथा धार्मिक सहिष्णुताको सवालमा परियोजनाले चित्र प्रदर्शन, कार्टुन भिडियो, भिडियो तथा गेमको माध्यमबाट विद्यार्थीहरुमा सवाहरुबारे जागृति गराइएको थियो ।
उक्त कार्यशाला बारा जिल्लाका तीन जना सहजकर्ता राजेश प्र.कुशवाहा, अनिल कुमार कुशवाहा तथा जुही मेहताले सहजीकरण गरेका थिए । सामाजिक परिवर्तन केन्द्र (CSC) सन् २०१५ मा स्थापि घत एक गैर–सरकारी सामाजिक संस्था हो । यस संस्थाले विशेष गरी अनुसन्धान, शिक्षा, वकालत र सामुदायिक परिचालन मार्फत नेपाली समाजको रूपान्तरणमा काम गर्दछ । IFA (Institut für Auslandsbeziehungen) संस्थाको साझेदारीमा सद्भाव परियोजना प्रदेश १ को सुनसरी जिल्ला, मधेस प्रदेशको बारा जिल्ला, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन भइरहेको छ ।
बारा जिल्लाका दुई पालिका कलैया उपमाहानगरपालिका तथा फेटा गाँउपालिकामा संचालन भइरहेको छ तथा संवादका यस्ता आठ वटा शत्र संचालन गर्ने योजना रहेको संस्था फिल्ड अफिसर विक्की महतोले जानकारी गराउनु भयो ।