अपराधसमाचार

अरुको करौडौ रुपैया बैमानी गर्न आत्मरामले सम्बन्ध नै भएका ब्यकति हरुको गर्न लगाए चरित्र हत्या

सिकेन्द्र पासवान
कलैया १८ भदौ
रौतहट मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनिया निवासी आमा, छोरा र बुहारीले आफुहरुको चरित्र हत्या गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

देवताल गाँउपालिका वडा नम्बर ७ निवासी संजिव यादव संग रु ३९ लाख ठगी गरेकोमा चेक बाउन्स मुद्धामा रौतहटको गौर करागारमा जेल जिवन बिताई रहेका आत्माराम भनिने दायाशंकर प्रसाद यादवले आमा सुनैना, पत्नी सन्धया यादवलाई अहाई केहि दिन अगाडी पर्साको बिरगंजमा पत्रकार सम्म्ोलन गरि बाराका अनिल कुमार प्रियदर्शी, र सुनिल कुमार ठाकुर लगायतका ब्यकतिहरु मिटर ब्याजी रहेको कुरा जानकारी गराएको थियो ।

आफुहरुले दायाशंकर प्रसाद यादवसंग कुनैपनि आर्थिक कारोबार नगरेको हुदा समेत हामीहरुको चरित्र हत्या गर्ने काम गरेको हुदा सो काममा संलग्न रहेका तिनीहरु माथि मानहानी मुद्धा लगाई कानुनी कार्यवाही गर्नुपर्ने कलैयामा पत्रकार सम्म्ोलन गरि माँग गरेका छन । गौर करागारमा रहेको आत्मराम, बिदेशमा रहेको युगलकिशोर यादव, बाहिर रहेका किशोरी प्रसाद यादवको समेत नाम जोडी उनीहरुको उपस्थितीमा पत्रकार सम्म्ोलन भयो भने कुरा बाहिर आउनु हास्यस्पद कुरा हो प्रिय दर्शीको भनाई रहेको थियो ।

आत्माराम भनिने दायाशंकरले लेनदेन मुद्धा सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वा निवासी रामदिनेश यादव संग २८ लाख, देवताल गाँउपालिका वडा नम्बर ७ बस्ने संजिव कुमार यादव संग ३९ लाख, आफनै काकाको छोरी सोनरनिया निवासी मिन्टु यादव संग १६ लाख, रौतहट राजदेवी नगरपालिका वडा नम्बर ७ मुडेवा बस्ने रबिन्द्र प्रसाद यादव संग रु ६ लाख ८० हजार, बारा भोडहाका रुबी यादवसंग रु ११ लाख र आत्मरामको श्रीमति सन्धया यादवले मिन्टुको श्रीमान संग रु ५० लाख सहित दर्जनौ ब्यकतिहरुसंग करिब साढे ३ करोड भन्दा बढी ठगी गरेको हुदा ती सबै पैसा गोलमाल गर्ने, पचाउने नियतले आफनो नाम बदनामी गराएको भटिनिया निवासी अनिल प्रियदर्शीले भन्नुभयो ।

रामदिनेश यादवको लेनदेन मुद्धामा चेक बाउन्स गराई अदालतले २५ दिन कैद, २८ लाख जरिवना र २८ लाख धरौटी समेतको फैसला गरिसकेको छ प्रियदर्शीले बताउनुभयो । त्यति मात्र नभई भोडहाका रुबी यादवसंग रु ११ लाख लिएकोमा अदालतले चेक बाउन्स मुद्धामा २५ दिन कैद, ११ लाख जरिवना र ११ लाख नै धरौटीको फैसला सुनाई सकेको अवस्थामा उनले मेरो नाम कसरी जोडेर मिटर ब्याजी भने म आफु तिन छक भएको छु प्रियदर्शीले जानकारी दिनुभयो ।

बिदेशमा रहेका युगलकिशोर यादवले नक्कली कागजखडा गरि ३७ लाख गाडी बिक्रीनामाको नाममा नाटक मंचन गरि आफुलाई ठगेको र शिक्षक किशोरी यादवले जग्गा खरिद गर्ने शेयरमा बस्नलाई पटक पटक गरि १ करोड ५५ लाख रुपैया लिएको भएपनि ती दुवैसंग पैसा माँग गर्दा उल्टै आफुलाई ज्यान मार्ने धम्की दिने गरेको सो अवश्रमा प्रियदर्शीले भन्नुभयो । आफुले ती दुई जनालाई दिएको नगद पैसाको कागजपत्र समेत रहेको जानकारी गराएका हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button