बारामा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

183

 

१७ भाद्र बारा । बारामा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् बाराको महागढीमाई नगरपालिका ३ गञ्जभवानीपुरका २७ वर्षीय सैमोदिन अंसारी २५ वर्षीय श्रीमती सहनाज खातुनको हत्या आरोपमा पक्राउ परेका हुन् ।

 

खातुनको हत्या आरोपमा अंसारीसँगै उनको भाउजु २५ वर्षीय अप्सना खातुनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

 

बिहीबार बेलुका ५ बजे सहानाज घरमै मृत अवस्थामा फेला परेको र प्रहरीले जाँच गर्दा शरिरका विभिन्न भागमा कुटपिट गरिएको चोट देखिएकाले घरका परिवारसँग सोधपुछ गर्ने क्रममा श्रीमान र भाउजुको संलग्नता पाइएपछि दुबैलाई पक्राउ गरिएको उनले बताए ।

 

मृतको शव पोष्टमार्टमका लािग त्रि.वि शिक्षण अस्पताल काठमाण्डौ पठाइएको र पक्राउ परेका दुबैलाई हिरासतमा राखेर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको पनि बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.