अपराधसमाचार

अदालत को अवहेलना गर्दै प्रहरी प्रशासन मालपोत र नापी कार्यलय का प्रमुखहरु

१३ भदौ बारा । नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैया ले पत्रकार समेलन गरि भुमी सुधार तथा मालपोत कार्यलय कलैया र नापी कार्यलय को शाखा सिमरौनगढ मा स्थापना गरि उदघाटन भदौ १५ गते हुन गइरहेको कार्यलय प्रमुखहरु ले अदालत को अवहेलना गरि उदघाटन गर्न गइरहेको एसोसिएसन का अध्यक्ष बृजकिशोर यादव ( भगत जी ) ले आरोप लगाउनु भएको हो ।

यी कार्यलयहरु स्थापना गर्न उच्च अदालत जनकपुर स्थायी इजलास बिरगंज मा चलिरहेको बिचारधिन मुद्दा लाई अवहेलना गरि बारा को नापि कार्यलय र मालपोत कार्यलय र प्रशासन प्रमुखहरु को मिले मतो मा राती १२ बजे समान ओसार पसार गरि कार्यलय सारेको मा लेखापढि ब्यवसायी एसोसिएसन बारा कलैया ले दुख व्यक्त गरेका छ्न ।

कानुनि राज्यको भएको देश मा सबै जनता को समान अधिकार हुन्छ । सबै ले पायक पर्ने ठाउँ बाट सेवा लिने अधिकार छ । तर चोर बाटो ले होईन कानुन को प्रक्रिया ले शाखा स्थापना वा उदघाटन गर्नु प्रयो। केही सरकारि जग्गा को हिना मिना गर्न को लागि यति हतार हतार मा राती राति चोर जस्तो कुनै सूचना नगरि प्रहरी प्रशासन को मिले मतो मा शाखा स्थापना भइ रहेको एसोसिएसन का अध्यक्ष यादव ले जानकारी दिनु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button