Modern technology gives us many things.

विश्व हिन्दू युवा संघको संचार बिभाग सदस्यमा साह नियुक्त

314

पर्सा । विश्व हिन्दू युवा संघको संचार बिभाग सदस्यमा विरगञ्ज निवासी पवन प्रसाद साह लाइ नियुक्त गरिएको छ।

विश्व हिन्दू युवा संघ केन्द्रिय कार्य समितिको आज बसेको बैठक‌बाट विरगञ्ज निवासी तथा धार्मिक अभियन्ता , साधक एवम् युवा बुद्धिजीवी पवन प्रसाद साह लाई विश्व हिन्दू युवा संघको बिधान बमोजिम कार्यगर्ने तपाइ को प्रतिबद्धता सहित विश्व हिन्दू युवा संघ अन्तर्गत विरगञ्जको संचार बिभाग सदस्य मा मनोनयन गरिएको छ।

साथै गोरक्षनाथ,गाई,गाँजा, गाउँ र ज्ञान हाम्रा ५(ग) का सिद्धान्तहरूलाई देश र जनताको पक्षमा अगि बढाउदै समुन्नत राष्ट्र नेपाल निर्माणमा यहाँ लाइ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु भनि विश्व हिन्दू युवा संघका केन्द्रिय अध्यक्ष ऋषिकेश जंग साह द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

Leave a comment