अन्तराष्ट्रिय

बाङ्लादेशमा भइरहेको हिन्दुहरूको दमनविरुद्ध भारतमा चासो

बांग्लादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि लगातार भईरहेको धार्मिक अत्याचारलाई लिएर पश्चिम बंगालमा वरिष्ठ भाजपा विधायक एवं प्रतिपक्षका नेता शुभेन्दु अधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेका छन्।

उनले यस मामिलामा हस्तक्षेपको माग गरेका छन्। उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा यस चिट्ठीको प्रति हालेका छन्। साथै उनले बांग्लादेशमा हिन्दूहरूमाथि भईरहेको अत्याचारको फोटोहरू पनि साझा गरेका छन्।

यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्वीटर अकाउन्ट पीएमओलाई पनि ट्याग गरिएको छ र हिन्दूहरूको दयनीय स्थितितिर उनको ध्यानाकर्षण गरिएको छ।

बांग्लादेशको नारेलाको लोहाग्रा उप जिल्लामा एक मन्दिर, पसल र हिन्दू समुदायका धेरै घरहरूमा मुस्लिम समुदायका मानिसहरूले तोड़फोड़ गरिरहेका छन् र हिन्दू देवी–देवताहरूलाई गाली दिइरहेका छन्।

शुभेन्दुले यसबारे चिट्ठी लेखेर भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल यसमा हस्तक्षेप गर्नुपर्छ। म तपाईसित हात जोड़ेर आग्रह गर्छु– कृपया स्थितिको गम्भीरतालाई बुझ्नुहोस् र हस्तक्षेप गर्नुहोस्। बांग्लादेशमा हिन्दूहरूलाई बचाउने प्रयास गरिनुपर्छ। तपाईसित राजनयिक र अन्य संसाधन छन्, त्यसको प्रयोग गरी त्यहाँ साम्प्रदायिक हिंसाका घटनाहरूलाई रोक्ने प्रयÞास गर्नुहोस्। बांग्लादेशका हिन्दू यस समय तपाईको प्रतिक्षा गरिरहेका छन’।

उल्लेख्य छ की यसअघि दुर्गा पूजा र अन्य आयोजनहरूको बेला पनि हिन्दूहरूको घर, अफिस र मन्दिरहरूमा तोड़फोड़ गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button