राजनीतिसमाचार

एक घर पाच बिरुवा नारा सहित नेपाल परिवार दल बारा ले गरे बिरुवा बितरण

 

२८ असार बारा । नेपाल परिवार दल देवताल गाउँपालिका द्वारा विभिन्न जातका फलफुलका बिरुवा वितरण गरिएको छ ।

नेपाल परिवार दलले देवताल गाउँपालिका गापा कमिटीले गाउँपालिका का ७ वटै वडाका करिब २०००स्थानीयलाई आपँ,कटहर , , सपेता, लिची , मोहगी सालको बिरुवा वितरण गरेको हो।

 

बाताबरण स्वच्छ तथा समाज हरा भरा को लागि नेपाल परिवार दल बारा ले प्रतेक बर्ष बिरुवा बितरण तथा अति बिपन बर्ग हरु लाई खाद्यान्न सामग्री बितरण गर्दै आएको छ ।

 

उक्त कार्यक्रमको अध्यक्षता पार्टीका गाउँपालिका संयोजक कनक चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथि परिवार दल बारा का जिल्ला अध्यक्ष रामचन्द्र चौधरी रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा वडा नं ४ का वाडा अध्यक्ष ललन कुमार यादव , वडा नं ५ का वाडा अध्यक्ष सुरेश साह रहनु भएको थियो ।

 

उक्त कार्यक्रम को अथितिमा देवताल गाउँपालिका को उपाध्यक्ष को प्रतयासी उमेदवार रुना देवी, अतिथि रामबाबु सोनार सन्देश ठाकुर , राम बाबु साह लगायतको विशेष उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button