खेलकुदराष्ट्रियसमाचार

बिश्वका फुटबल संस्था फिफाको अध्यक्ष राष्ट्रपति सरह हुन्छ:- यादव

रमेश साह
बारा/ कलैया ८ बैशाख
मधेश प्रदेस बारा जिल्ला कलैयामा बारा फुटबल संघले छैठौं साधारण सभा खुला सत्र कलैयामा बैशाख ३ गते गरि बैशाख ८ गते बडहवामा बन्द सत्र सम्पन्न गरेकोछ।
विश्व फुटबललाई अभिभावकको रुपमा नेतृत्व गर्ने संस्था इन्टरनेशनल फिडरेसन अफ फुटबल असोसियसन ( फिफा) को अध्यक्ष एक देशको राष्टपती सरह हुन्छ,आआफ्नो ठाउबाट लागे मात्र फुटबलकोको बिकास गर्न सकिन्छ अहिले एनफाको ४८ जिल्लामा गठित भएकोछ एनफा केन्द्रिय सदस्य तथा प्रमुख अतिथी प्रवीण यादवले आफनो मन्तव्य राखे भने रियाजुल इस्लामले जानकारी गराए।
साधारण सभा कार्यक्रममा निर्वाचन आयुक्त अधिवक्ता सफिक मिया हवारी डा. सुशील साह,बारा फुटबल संघ जिल्ला उपाध्यक्ष रामचन्द्र लामा ,क्यामोदिन मंसुर, राजेश्वर गौतम सचिव उदय श्रेष्ठ कोषाध्यक्ष शैलेस श्रेष्ठ लगायत बारा जिल्लामा भोटिंग राइट भएका १२ वटा फुटबल क्लब नवजन प्रगती युवा क्लब सिमर ,नवज्न जागृती युवा क्लब सिमरा,त्रिशूल क्लब बकुलिया , मौवादेवी युवा क्लब बडहर्वा , समाज बिकास युवा क्लब भोडहा , कलैया फुटबल क्लब कलैया ,सनराइज युवा क्लब उमजन ,सिद्धबाबा युवा क्लब आमलेखगंज , निजगढ युवा क्लब निजगढ ,न्यु जन जागृत युवा क्लब निजगढ ,जन शक्ति क्लब कोहल्बी , नव जन प्रगती युवा क्लब करैयामाइ क्लबका अधिकारिक व्यक्तित्व संगै खेल प्रेमीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता बारा जिल्ला फुटबल संघका अध्यक्ष महम्मद समिमुल्लाह गरेको कार्यक्रमलाई बारा जिल्ला फुटबल संघका महासचिव सियाराम कुमरले संचालन गरेका थिए।
बारा जिल्ला फुटबल संघको छैठौं साधारण सभा बाट रामचन्द्र लामा अध्यक्षतामा बरिस्ठ उपाध्यक्ष राज किशोर धामी,उपाध्यक्ष खुशी चौधरी ,घनश्याम चौधरी महासचिव उदय श्रेष्ठ सचीव बिनोद प्रसाद साह कोषाध्यक्ष बिनोद कुमार गुप्ता सदस्य महम्मद समिउल्लाह,कृष्णमणि चौधरी,दुर्गा बहादुर थापा,शम्भु सिंह ठकुरी,सन्त बहादुर वाइबा,मनोज कुमार जैयसवाल,दिपलाल साह,भोला प्रसाद ढुंगाना,दिपेन्द्र लामा,निरज कुमार र महिला सदस्य शोभामाया रुम्बा सहितको १८ नया समिती चयन गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button