श्यामल कुमार गिरी
०१ बैशाख बारा । कलैया स्थित बारा उधोग बाणिज्य संघ कलैयाको सभा हलमा भएको पत्रकार सम्मेलनमा तीन दलको गठबन्धनले कलैयामा चुनाव लडने भएकोछ।
अनेकौं सहिदहरुको बलिदानि त्याग,तपस्या र सम्पुर्ण जनताको अथक संघर्षले लोकतान्त्रिक गणतन्त्रको स्थापना भइ देश सामबेसिता गणतान्त्रिकको दिशामा अगाडि बढिरहेको देशलाई प्रतिगामी शक्ति एक जुट हुँदै संघियता नै धारापमा पर्न खोजिएको थियो।
र आज त्यही शक्तीलाइ पछाडी पार्न यो गठबन्धनको आवस्यकता रहेको र त्यही भएर नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र नेकपा एकीकृत सामाजवादी को गठबन्धन रहेको र आसन्न चुनावमा अरु गठबन्धनमा रहेको अरु दल संग चुनावी एकता खुला रहेको तथा सहकार्य गर्दै जाने भने प्रेस बिज्ञेपतिमा जनाइएकोछ।
देशमा पाच दलको गठबन्धनको संघिय सरकार रहेको पाच दालमा नेपाली काङ्ग्रेस ,नेकपा (माओवादी केन्द्र) ,जनता समाजवादी पार्टी ,नेकपा एकीकृत सामाजवादी र राष्ट्रिय जनमोर्चा रहेको गठबन्धन मध्ये तीन दल नेकपा माओवादी केन्द्र,जनता समाजवादी र नेकपा एकीकृत सामाजवादी गठबन्धनमा कलैया उपमहानगरपालिकामा लडने भएको छ काङ्ग्रेस अहिले सहमतिमा नाआएको भएपनी समयमा आउदा गठबन्धनमा नै जाने र राष्ट्रिय जनमोर्चाको संगठन कलैया पालिकामा नरहेकोले अहिले तीन दल एकमुष्ट भइ अगाडि बढेको भने पत्रकार सम्मेलनमा जानकारी गराएकाछन।
सम्मेलनमा जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य प्रमोद गुप्ता,रामकिशोर यादव,प्रकाश चौगाइ,नेकपा माओवादी केन्द्र कलैय मुकेश साह,जसपा कलैया नगर अध्यक्ष शिवनाथ पटेल,नेकपा माओवादी केन्द्रका कलैया उपाध्यक्ष आबिद हुसेंन अंसारी,रमेश साह,नेकपा एकीकृत सामाजवादिका धुर्ब यादव,अरुण खनाल ,लगायतका उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता अरुण खनालले गरेको का वर्यक्रमलाई सुजित पान्डेले संचालन गरेका थिए।