अपराधअर्थ/वाणीज्यमधेससमाचार

बिरगंज यातायात कार्यालयमा दलालको बिगबिगि

रमेश साह
बिरगंज / पर्सा
पर्सा जिल्ला स्थित यातायात ब्यवस्था कार्यालय बिरगंजमा दलालको दबदबा रहेकोछ।
सवारी धनिले आफनो गाडिको कर बुझाउन जादा घन्टौ लाइन बस्नु पर्ने बाध्यता रहेतापनी त्यहाका कारोबारिहरुले केही समयमै काम गराउन सफल भइरहेको यातायात पुगेका सेवाग्राहीले बताएकाछन।आफू एउटा गाडिको कर तिर्न जादा ५ घन्टा सम्म लाइन बस्नु पर्छ त्यहा कारोबारिहरुले १० देखि २० वटा एकमुष्ट लादा कर्मचारी हरुले कारोबारिलाइ प्राथमिकता दिदै काम गर्ने गरेको बिगन साहले गुनासो गरे।यातायात ब्यवस्थाका कार्यालय प्रमुख कुसेवर साहले बढी गाडिको कर तिर्न आउने र एक वटा गाडी कर तिर्न आउने सेवाग्राहीको छुट्टाछुट्टै लाइन राखेका छौ बताइ रहदा पनि तीन वटा काउन्टरमा त्यसतो कुनै ब्यवथा नरहेको देखिएकोछ।सेवाग्राहीहरुले आफनो एउटा गाडिको कर तिर्न आउदा धेरै समय लागने गरेको र कारोबारिहरुको थोरै समयमा धेरै गाडिको भइरहेको गुनासो गर्दा कार्यालय प्रमुखले त्यसतो कुनै नियम बनाएको छैन लाइन बसेर तिर्नै पर्छ भने पन्छीने गरेको सेवाग्राही अजय महतोले बाताए।
यातायात व्यवस्था कार्यालयले रसित काटदा सेवाग्राहीलाई सुचित गराइएको २ नम्बरमा अनाधिकृत व्यक्तिलाइ सवारि साधनको कर बुझाउन पठाउनुको सट्टा आफैले कर बुझाउने बानी बसालौलाइ व्यवस्था गर्दै कार्यालय प्रमुखले व्यवसायिलाइ प्रतोसाहन दिनु आर्थिक लाभको चलखेल भएको सेवाग्राहीले गुनासो पोखेकाछन।
यातायात वयवस्थामा कर तिर्न आउने सेवाग्राहीको सहजता र मधेस प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय लक्षित गरि खोलिएका ग्लोबल आइएमइ बैक लि. शाखाले सेवाग्राही बेवास्ता गर्दै कारोबारिलाइ प्रतोसाहन गर्ने गरेको सेवाग्राहीले गुनासो पोखेकाछ्न।उक्त बैक शाखाका इन्चार्ज कुस पोखरेल सेवाग्राहीलाई नै हेपा दृस्टीले एक जनाको जति भए काटछौ सेवाग्राही ले दुख यसो पोखेकाछन ,कारोबारी भन्दा बाहेक बिशुद सेवाग्राहीले तीन वटा भन्दा बढी लगेमा फर्काइ दिने गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button