चीनको आर्थिक वृद्धि दरमा किन लाग्यो ब्रेक , अहिलेसम्म कै न्यून बिकास लक्ष्य

93

एजेन्सी – सिन्ह्वाका अनुसार सन् २०२२ मा देशको विकासको लक्ष्य तय गरिएको छ । सन् २०२२ मा केवल ५ दशमलव ५ प्रतिशतको वृद्धि लक्ष्य राखेको चीनको यो दर अहिलेसम्मकै सर्वाधिक कम लक्ष्य हो ।

चीनका नितिनिर्माणकर्ता र बिकास बिशेषज्ञहरुले यस वर्ष सरकारलाई बिकासका प्रार्थमिक्ताहरुलाई पहिचान गर्न पनि सुझाव दिएका हुन् ।

चिनियाँ प्रिमीयर ली खछ्याङले १३ औं राष्ट्रिय काँग्रसको ५ औं उद्घाटन बैठकमा यस विषयमा सरकारी कार्य प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।

सिन्ह्वाका अनुसार वर्ष २०२२ मा जिडिपी वृद्धि ५ दशमलव ५ प्रतिशत, १ करोड १० लाख भन्दा बढि शहरी रोजगार श्रृजना र उपभोक्ता मुल्य सुचकांकको ३ प्रतिशत वृद्धिको लक्ष्य राखिएको छ जुन पछिल्ला दशकहरुमा सर्वाधिक कम हो ।

Leave a comment