काठमाडौं । रुसले चीनसँग हतियार र सहयोग माग गरेको अमेरिकाले दावी गरेको छ ।
अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् । रुस र चीनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । अमेरिकाको वाशिङ्टनस्थित चिनीया दुवासबासले यो युद्धलाई नियन्त्रण बाहिर जान नदिन मात्रै आफु क्रियाशिल रहेको जनाएको छ ।
यसैबीच युक्रेनको राजधानी किभ नजिक पुगेको रुसी सेनाले युद्धको १५ औं दिनमा युक्रेनको मारिउपोल शहरमा कब्जामा लिएको छ ।
रुसी सेनाले कब्जा जमाएपछी खाद्यान्न र पानीको अभाव झेलिरहेका त्यहाँका १ लाख ४० हजार नागरिक विस्थापित भएका छन् ।