मधेस प्रदेशराजनीतिसमाचारस्थानीय

जनमत पार्टी सिम्रौनगढको पर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा–जनमत पार्टी सिम्रौनगढ नगर समितिको आयोजनामा पालिकास्तरीय बडादशैं, शुभ दीपावली, तिहार, भाइटीका, छठ तथा सामाचकेवा पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
नगर अध्यक्ष विजय ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा पूर्व प्रदेशसभा सदस्य पारस साह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ प्रसाद पटेल, केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू सन्तोष पटेल, विजय गुप्ता र सुषमा यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी राष्ट्रिय परिषद् सदस्य तथा पूर्व केन्द्रीय सदस्य कमरुल्लाह अंसारी र जिल्ला उपसचिव नागेन्द्र ठाकुरलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरूले नेपाली समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सांस्कृतिक सहिष्णुता कायम राख्न चाडपर्वको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले बडादशैं, दीपावली, तिहार, भाइटीका, छठ तथा सामाचकेवा जस्ता पर्वले समाजमा पारिवारिक सम्बन्ध, सामाजिक एकता र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले एकआपसमा पर्वको शुभकामना आदानप्रदान गर्दै सामाजिक सद्भाव, आपसी सहकार्य र संगठनात्मक एकतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
नगर समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ताबीच भेटघाट, आपसी सम्बन्ध र शुभकामना साटासाट गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button