समाचार

बाराक ओबामाले भने- अमेरिकी जनता विभाजन होइन, एकता चाहन्छन् भन्ने पुष्टि भाे

काठमाडौं, १८ कात्तिक । डेमोक्र्याट पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ जितेपछि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जनता विभाजन होइन, एकता चाहन्छन् भन्ने पुष्टि भएको बताएका छन् ।

केहीबेरअघि सामाजिक सञ्जालमार्फत ओबामाले मध्यावधि चुनावमा अमेरिकी जनताले ‘मानिसहरूलाई विभाजित गर्नुको सट्टा एकताबद्ध गरोस्, र यस्ता नेताहरू चाहन्छन्, जसले उनीहरूले सामना गरिरहेका चुनौतीहरूका लागि ठोस समाधान प्रस्तुत गर्न सकून्’ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन् ।

‘यो नतिजा तब मात्र सम्भव भयो जब देशका हरेक क्षेत्रमा— पहिले जित्ने सम्भावना निकै कम मानिएका ठाउँहरूमा समेत उत्कृष्ट उम्मेदवारहरू अघि सरे। उनीहरू विभिन्न पृष्ठभूमिबाट आएका थिए र उनीहरूका राजनीतिक दृष्टिकोणहरू पनि फरक(फरक थिए । तर उनीहरू साझा मूल्यमान्यता, जनसेवाप्रतिको विश्वास, र आफ्ना निर्वाचन क्षेत्र तथा राज्यका जनतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धताका साथ एकताबद्ध थिए,’ ओबामाले भनेका छन् ।

यद्यपि वर्तमान प्रशासनको कार्यकाल अझै दुई वर्ष बाँकी रहेको भन्दै उनले अब आफ्नो काम जहाँसम्म अधिकार पुग्छ त्यहाँ आवश्यक परिवर्तन गर्नु, थप क्षति हुनबाट रोक्नु र भविष्यका लागि बलियो आधार तयार पार्नु रहेको उल्लेख गरेका छन् ।

मंगलबार भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटले सिनेटमा ५६ स्थान र हाउस अफ रिप्रेजेन्टेटिभमा २६० सिट जित्ने प्रक्षेपण गरिएको छ । सिनेटमा डेमोक्र्याट्ले ५१ सिट जितिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button