समाचार

उमा भुजेल नेतृत्वको पार्टी नेकपामा मर्ज

काठमाडौं, १७ कात्तिक । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पुष्पकुमार दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग मर्ज भएको छ ।

भुजेलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी खोलेकी थिइन् । मंगलबार उमा भुजेलले नेकपासँग एकता गर्न १० बुँदे सहमति गरेकी छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी एकता घोषणा सभासमेत भएको छ।

एकता सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक-सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्ने उद्देश्यसहित दुई पार्टीले एकता प्रक्रिया अघि बढाउने सहमति गरेका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिष्ट आन्दोलनको आवश्यकतालाई ध्यानमा राखी नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचमा पार्टी एकता भएको सहमति पत्रमा उल्लेख छ ।

यस्ता छन् सहमति पत्रका बुँदा

१. पार्टीको मार्गनिर्देशक सिद्धान्त: मार्क्सवाद लेनिनवाद हुनेछ ।

२. नेपाली क्रान्तिको कार्यक्रम: नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।

३. पार्टीको तात्कालिक कार्यनीति: संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने हुनेछ ।

४. आन्दोलनको स्वरूप: आन्दोलन मूलत: शान्तिपूर्ण हुनेछ । समय परिस्थिति अनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने छ । सडक, संसद् र सरकार लगायतका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुनेछन् ।

५. एकता राष्ट्रिय महाधिवेशन: आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।

६. संगठनात्मक समायोजन: केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य सयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा समायोजन हुनेछ ।

७. एकता तथा समायोजन: सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा सहमतिका आधारमा समायोजन गरिने छ । उक्त काम यही मंसिर मसान्तभित्र सम्पन्न गरी सकिनेछ ।

८. पार्टी समितिहरूको सञ्चालन: पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुनेछ ।

९. पार्टीको नाम र चुनाव चिन्ह: नाम नेपाली कम्युनिष्ट पार्टी र पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने छ ।

१०. मतभेद समाधान: सिद्धान्त र विचारलगायत एकआपसमा रहन सक्ने मतहरू तथा विगतको समीक्षासहित निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनवाट निष्कर्षमा पुगिने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button