समाचार

महिला भेट्न गएका असईले चलाए गोली, एकजनाको मृत्यु, तीन घाइते

 बिहार राज्यस्थित मधुबनी जिल्लाको बाबूबरही थाना क्षेत्रअन्तर्गत बलिराजगढमा प्रहरी सहायक निरीक्षक (एएसआई) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

घटनामा प्रहरी पिकेटमा कार्यरत एएसआई चन्द्रमोहन सिंहमाथि आफ्नै सर्विस रिभल्भरबाट गोली चलाएको आरोप लागेको छ। उनको गोली लागेर विजय यादवको मृत्यु भएको हो।

प्राप्त जानकारीअनुसार, एएसआई सिंह एक महिलाको घरमा पुगेका थिए। सोही क्रममा स्थानीय बासिन्दाले उनलाई महिलासँग कथित आपत्तिजनक अवस्थामा फेला पारेपछि कोठाको ढोका बाहिरबाट बन्द गरिदिएका थिए।

त्यसपछि आक्रोशित स्थानीय र प्रहरी अधिकारीबीच तनाव उत्पन्न भएको बताइएको छ। यसैक्रममा एएसआई सिंहले आफ्नो सरकारी रिभल्भर निकालेर गोली चलाएको आरोप छ। गोली लागेर चार जना घाइते भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button