समाचार

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी सुरु

काठमाडौं, १२ कात्तिक । ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। 

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित बिहीबारदेखि सुरु भएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ।

प्रदर्शनीमा ८६ वटा स्टलमार्फत नेपालमा उत्पादित तथा यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा बिक्री तथा प्रदर्शनका लागि राखिएका छन्। गोदावरी फूलका पाँच विधामा प्रतिस्पर्धासमेत आयोजना गरिएको छ।

प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button