समाचार

राहुल यादवले चार विकेट लिएपछि काठमाडौंं गोर्खाज ११५ रनमै अलआउट

काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो सिजनअन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाज सस्तैमा समेटिएको छ । 

तीव्र गतिका बलर राहुल यादव चम्किएपछि जनकपुर बोल्ट्सलाई काठमाडौंले ११६ रनको लक्ष्य दिएको छ । 

आफ्नो पहिलो खेलमा ट्यालेन्ट हन्टबाट उदाएका १६ वर्षीय राहुलले जनकपुरको लागि सर्वाधिक चार विकेट लिनुका साथै काठमाडौंको ब्याटिङ धरासायी बनाएका थिए । 

त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे पनि टोलीले सोचेको जस्तो प्रदर्शन गर्न सकेन । निर्धारित १९.३ ओभरमा अल आउट हुँदा टिमले ११५ रन बनायो । 

काठमाडौंका लागि मध्यक्रमका ब्याटर भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । भीमलाई ललित राजवंशीले विकेटकिपर परेराबाट स्टम्पिङ गरेका थिए । यसबाहेक रसिद खानले १७ तथा ओपनर स्मित पटेलले १३ रनकोयोगदान गरेका थिए । सुमित महर्जनको नाममा १० रन रह्यो । 

राहुलले चार ओभरमा चार विकेट लिएर ३१ रन खर्चिए । राहुलले महत्वपूर्ण खेलाडीहरु साम, स्मित, कप्तान करण र चर्चित अलराउन्डर आदिललाई पेभिलिएन फर्काएका थिए । राहुलले पछिल्लो खेलमा कर्णालीविरुद्ध २ विकेट लिएका थिए । 

प्रतियोगितामा जनकपुर पनि पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । दोस्रो खेलमा जनकपुरले जेम्स निसमलाई विश्राम दिएको छ । 

यस्तै, हर्मितसँगै माइन अलीलाई निरन्तरता दिँदा नयाँ खेलाडी बंगलादेशका सइफ हसन र श्रीलंकाका कुशल परेरालाई खेलाएको छ ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button