समाचार

सुन तोलामा नौ सयले बढ्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ कात्तिक । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला नौ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला तीन हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button