समाचार

जिफन्टले पीपलटारमा बनाएका १८ अस्थायी घर ओलीले हस्तान्तरण गर्ने

काठमाडौँ, २८ असोज । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेका अस्थायी आवासमध्ये पहिलो चरणको काम सम्पन्न भएको छ।

 

नेकपा (एमाले) निकट मजदुर संगठन जिफन्टको नेतृत्वमा निर्माण गरिएका ती अस्थायी आवास बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

 

उनका अनुसार १८ वटा अस्थायी आवास निर्माण गरिएको छ र प्रत्येक आवासका लागि शौचालय, बिजुली तथा पानीलगायतका सुविधाको समेत व्यवस्थापन गरिएको छ।

 

अस्थायी आवास निर्माण अभियानमा जिफन्टसँग आबद्ध विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाहरूमा ठुलो क्षति पुगेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button