समाचार

प्रस्तावित चार राजदूतविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ

काठमाडौं, २६ असोज । सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि प्रस्ताव गरेका चारजनाविरुद्ध परेका उजुरीमाथि सोमबार संसदीय सुनुवाइ हुँदै छ।

संघीय संसद्को संसदीय सुनुवाइ समितिले आज उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गर्ने कार्यसूची तय गरेको हो।

भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जीवी थापा र बेलायतका लागि प्रस्तावित गौरवशमशेर जबराविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ हुँदैछ।

समितिले असोज २६ गते भारतका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध परेका उजुरीमाथि मात्र सुनुवाइ गर्ने जनाएको थियो । तर एकैपटक भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि सुनुवाइ गरिन लागेको हो । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको समय नजिकिँदै जाँदा राजदूत नियुक्तिको चाप बढेको हो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button